१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदै



बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य । तस्बिरः रोशन सापकोटा\रासस

४ कार्तिक ०७८,हेटौंडा । वागमती प्रदेशकी मुख्यमन्त्री
अष्टलक्ष्मी शाक्यले आज विस्वासको मत लिने भएकी छिन् । वाग्मती प्रदेशसभाको बिहीबार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुहुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गर्नु भएलगत्तै यही कात्तिक ४ गते बैठक बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् ।
बिहीबारको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको उनले जानकारी दिए । वाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १ सय ९ सदस्य छन् । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ६ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।