१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मकवानपुरका विद्यार्थीलाई सियुजी सिमकार्ड वितरण



६ कार्तिक ०७८, मकवानपुर । मकवानपुरको सात हजार १ सय ३८ विद्यार्थीहरुलाई हेटौँडा उपमहानगरपालिकाले सियुजी सिम वितरण गरेको छ ।

सङ्घीय सरकारबाट अनुदानस्वरूप  प्राप्त रु २६ लाख ७६ हजार छ सयबाट जिल्लाका १० पालिकामा इन्टरनेटको पहँुच  नभएका ठाउँहरुमा सियुजी सेवा उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको हो ।

शिक्षा विकास महाशाखाका अधिकृत सामचन्द्र खड्काका अनुसार रु १ सय २५ का दरले जिल्लाका २३ विद्यालयका  कक्षा ४ देखि १२ कक्षासम्मका विद्यार्थीलाई यो सिम वितरण गरिएको थियो ।

विद्यालयको प्रयोगशालाका लागि अनुदान

वाग्मती प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई  प्रयोगशाला स्थापनार्थ अनुदान दिने  भएकोे छ । सो कार्यका लागि मापदण्ड र सर्तहरुसमेत तोकेर  प्रादेशिक  शिक्षा विकास निर्देशनालयले रु १२ लाखदेखि १५ लाखसम्म अनुदान दिने जनाएको हो ।

निर्देशनालयका अनुसार  सामुदायिक  विद्यालयमा  विज्ञान विषय र सूचना  प्रविधि  प्रयोगशाला  स्थापनासम्बन्धी कार्यविधि  २०७८ अनुसार  छनोट भएका विद्यालयलाई रकम उपलब्ध गराइने छ ।उक्त कार्यविधिअन्तर्गत सूचना प्रविधिका लागि रु १५ लाख तथा विज्ञान  प्रयोगशालाका लागि रु १२ लाख अनुदान प्रदान गरिने भएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा  उल्लेख भएबमोजिम  निर्देशनालयले कार्यविधि तयार गरी अनुदान दिनेछ । कार्यविधिमा प्रयोगशाला स्थापना गर्ने विद्यालय पहिचान गरी मापदण्ड  निर्धारण गरी अनुदान दिने निर्देशनालयको ठहर छ ।

 

–––

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।