१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बिर्सिसकेको तिब्बती शरणार्थीको मुद्दा समेटिएको ‘दुङाल’



१४ कात्तिक ०७८, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नेपालले तिब्बती शरणार्थीका बारेमा बिर्सिसकेको मुद्दा टुडाल उपन्यासले उठाएको भन्दै प्रशंसागरेका छन् ।
आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद कार्यक्रममा पोख्रेलले तिब्बती शरणार्थीको समस्या राजनीतिक समस्या भए तापनि यसलाई राजनीतिको आँखाबाट मात्र होइन मानविय आँखाबाट पनि हेरिनु आवश्यक रहेको भन्दै दुङाले तिब्बती समस्यालाई मानवीय समस्याको रुपमा र्हेन प्रेरित गरेको बताए ।
राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले लेखकले उपन्यास भित्रका पात्रहरुलाई न्याय गरेको बताइन् । उनले हरेक व्यक्तिलाई आफ्नो भूमि, भाषा, संस्कृतिको माया हुने भन्दै यस उपन्यासले तिब्बती शरणार्थीको मुद्दालाई उठान गरेको बनाएकी थिइन् ।
हिमालयन बुद्धिजम अन्वेषक डा.रमेश ढुंगेलले तिब्बती शरणार्थीको मुद्दा पछिल्लो समय नेपालमा हराउदै गएको अवस्थामा यस कृतिले केहीहदसम्म शरणार्थीको मुद्दालाइ उजागर गरेको बताए । उनले दुङाललाई आधुनिकताबादमा परम्परा र इतिहासको संमिस्रण रहेको बताएका थिए ।
कार्यक्रममा टिएन भट्टले यस उपन्यासले शरणार्थी बन्नुपर्दाको पीढा साथै मानविय संवेगलाइ स्पष्ट पुस्तकमा उतारिएको बताए ।
पत्रकार एवं समिक्षक राजकुमार बाँनियाले नेपालमा तिब्बती विषय चिन विरोधी रुपमा लिने गरिएको भएतापनि यस उपन्यासले नितान्त मानविय संवेग र प्रेमलाई समेटेको बताए ।
कार्यक्रममा तिब्बती शरणार्थी एंव पाठक टासी छिरिङले उपन्यासले यथार्थमा आफ्नो कथा समेटेको बताउदै पहिचान र राष्ट्र विहिन हुँदा धेरै समस्या झल्नुपरेको बताए ।
सांग्रील बुक्सद्धारा प्रकाशित दुङालको मुल्य चारसय चौरासी रुपैयाँ रहेको छ । केशरीको दुङाल तेस्रो उपन्यास रहेको छ ।
नेपाल पत्रकार महासंघको सभाहलमा शनिबार भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।