२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई ५ करोडसम्म पुनर्कर्जा दिने



१४ कात्तिक ०७८, काठमाडौं । कोरोना प्रभावित उद्योगी र व्यवसायीले ५ करोड रुपैयाँसम्म पुनर्कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ।

कोरोनाबाट प्रभावित व्यवसायली अधिकतम ५ करोड रुपैयाँसम्म पुनर्कर्जाका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए। पुनर्कर्जाको सीमाभित्र रहेर व्यवसायीले पुनर्कर्जा लिन पाउने प्रवक्ता ढकालको भनाइ छ।

केन्द्रीय बैंकले कोरोनाबाट अति प्रभावित र मध्य प्रभावित व्यवसायीलाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको हो।

कोरोनाका कारण समस्यामा परेका व्यवसायीले आफूले कारोबार गरेको बैंकमार्फत नै पुनर्कर्जाका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। कर्जा लिन चाहने व्यवसायीले आफूले कारोबार गरेको बैंकको शाखामा मंसिर १९ गतेभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।