
१५ कात्तिक ०७८, काठमाडौं । तिहारको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो ।
समितिका अध्यक्ष कृष्ण अधिकारीले यस वर्षको भाइटीकाको साइत कात्तिक २० गते शनिवार बिहान ११ः०२ बजे जुरेको बताए। बुधबारबाट यमपञ्चक शुरु हुँदैछ।
कात्तिक १७ गते बुधबार काग तिहार तथा कुकुर तिहार परेको छ भने कात्तिक १८ गते बिहिबार लक्ष्मी पूजा परेको छ । यस्तै गोवर्धन पूजा तथा गाईगोरु पूजा १९ गते शुक्रबार परेको छ ।







प्रतिक्रिया