१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंमा राती नौ बजेपछि देउसी भैलो खेल्न नपाइने




१६ कात्तिक ०७८,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ । कोरोनाको सङ्क्रमणलाई ख्याल गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर देउसी भैलो एवं अन्य नाचगानका कार्यक्रम राति ९ बजेसम्म मात्र गर्न सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीद्वारा आज मंगलबार जारी जारी विज्ञप्तिमा भनिएको छ ।
मादक पदार्थलगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिकस्थलमा होहल्ला झैझगडाजस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पार्ने कुनै पनि कार्य नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ । पटकाजस्ता विस्फोटक वस्तुको उत्पादन ओसारपसार बिक्री वितरण एवं प्रयोग नगर्न नगराउन पनि भनिएको छ । विज्ञप्तिमा तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।