१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मैसम विग्रियो, वर्षा र हिमपातको सम्भावना



१९ कात्तिक ०७८, काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज राजधानी काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । मौसम बदली र तुलनात्मकरूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ ।
महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशमा आंशिकदेखि समान्य बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि शनिबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कात्तिक २१ गते आइतबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव नौ र न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । रासस

 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १० : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।