१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


नख्खु खोला पनि मनाइदैछ छठ (तस्विरहरु)




ललितपुर खबर
२४ कात्तिक ०७८, ललितपुर । ललितपुरको नख्खु खोलामा पनि छठ पर्व मनाइने भएको छ । ललितपुरको नख्खु बजारदेखि एक सय मिटर माथि रहेको नल्लु,टिकाभैरव हुँदै बगेर गएको खोला किनारमा छठ मनाउन लागिएको छ ।


नख्खु करिडोरमा २ वटा स्वागत ढोका लगाइएको छ । अहिले नख्खु खोलामा पुल राखेर वारी र पारी दुवैतिर स्टल बनाइएको छ ।
पछिल्लो समय नख्खुखोलाको टिकाभैरव नजिकै, गोदावरी र मनहरामा समेत छट मनाउनेहरुको भीड हुन थालेको छ ।


याहाँ छठका लागि २५ वटा स्टल बनाइएको पवित्र धार्मिक उत्थान सेवा समितीका अध्यक्ष हिरालाल साहले बताउछन् । उनले भने, ‘हामीले ७ बर्षदेखि यहाँ छठ मनाउदै आएका छौं ।’७ वटा स्टलबाट छठ मनाउन सुरु गरिएको नख्खु खोलामा अहिले ४० वटा बनाएको उनी बताउछन् । अहिले माग अनुसार ठाँउ दिन मुस्किल रहेको साह बताउछन् ।
अघिल्लो बर्ष यहाँ धेरै ठाँउ ओगटेर छठ मनाइएको उनी सम्झन्छन् । भन्छन्, ‘यो बर्ष बाढीले खोलाको किनार बगाएछ । ठाँउ नै भएन ।’


नख्खु खोलामा पानी सफा भएकाले आफू छठ मनाउन स्टल हेर्न आएको रामुलाल यादव बताए । भन्छन्, ‘यहाँ तर यहाँ नख्खु करिडोरमा गुड्जे गाडीका कारण धुलो उड्दो रहेछ ।’
पछिल्लो समय यहाँका नेवारलगायत अन्य समुदाय समेत सहभागी हुन आउन थालेको साहले अनुभव साटे । उनका अनुसार यहाँ छठ बनाउन निश्चित शुल्क लाग्दैन । इच्छा अनुसार शुल्क तिरेर छठको स्टलमा बस्न सकिन्छ ।


उनका अनुसार यहाँ छठ मनाउनेले दिएको सहयोगले मात्रै खर्च पुग्दैन । साहु महाजनहरुले दिएको रकमले यहाँको छठको खर्च धानिदै आएको छ ।
संस्थाका कोषध्यक्ष राजेश गुप्ता हरेक बर्ष यहा छठ मनाउनेहरुको संख्या थपिदै गएको अनुभव सुनाउछन् । उनी भन्छन्, ‘हामी एउटा स्टलमा ७ परिवारभन्दा धेरै मान्छे राखेर पुजा गराउछौं ।’
समिती का कोषध्यक्ष गुप्ताका अनुसार स्थानीयबासीको सहयोग सद्भाव भए अझ राम्रोसँग छठको तयारी गर्न सकिन्छ ।


उनका अनुसार यहाँ बजेट पनि हरेक वर्ष बढ्दै गइरहेको छ । सहयोग पनि थपिदै गएको छ । हरेक वर्ष अझ झकिझकाउ बनाउदै लैजाने गरेको उनको अनुभव छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।