
ललितपुर खबर
२५ कात्तिक ०७८, चापागाँउ । ललितपुरको ठेचोस्थित मैदानमा गोदावरी मेयर कप जारी छ ।
स्थानीय वडाहरुका टिमहरु सहभागी मेयर कपमा २० टिम सहभागी थिए ।

आज विहीबार ११ बजे गोदावरी ३ क र गोदावरी ५ ख बीच फाइन भिडन्त हुँदैछ । ललितपुर गोदावरीका यी टिम मध्ये एउटा फाइनलमा जाने पक्का भएको खेल संयोजक अशोक महर्जनले ललितपुर खबरलाई बताए ।

दिउँसो ३ बजे भने गोदावरी १४ ठैव र गोदावरी ५ लेलेको खेल हुनेछ ।
यही शनिबार फाइनल खेल हुने भएको छ । फाइनलमा गोदावरी मेयर कप जित्ने विजेताले १ लाख राशीको पुरस्कार जित्नेछ । उपविजेताले भने ५० हजार पाउनेछ ।

विविधतामा एकताको नारा लिएर जारी मेयर कप टु स्टार क्लवको २७ औं वर्षकाठको अवसरमा आयोजना भएको हो । क्ललाई सहकारी पेले प्रायोजन गरेको छ भने पावर वाई प्लानेट अर्थ सोलुसन रहेको छ । गोदावरी नगरपालिकाको सहयोग रहेको मेयर कपको सह आयोजक गोदावरी १२ ठेचो वडा कार्यालय रहेको छ ।
हेरौं मेयर कपको फुटवलका केही दृश्यहरु :









प्रतिक्रिया