३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा सामान्य वृद्धीः चाँदीको स्थिर   



२ मंसिर०७८, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९४ हजार ५०० कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९४ हजार तोकिएको छ । बुधबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १२ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।