३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयर बजार १.४६ अंकले घट्यो



१४ मंसिर ०७८, काठमाडौं । मंगलबार पनि सेयर बजार घटेको छ। आज १.४६ अकंले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय २८.३७ विन्दुमा सीमित भएको छ। ०.०६ प्रतिशतले घट्दा नेप्से परिसूचक २ हजार ६ सय २८.३७ विन्दुमा सिमित भएका हो।

कारोबार पनि ओरालो लागेको छ। आज ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता सेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९ सय ९१ रुपैयाँमा कारोबार भएको छ।

मंगलबार डेभलपमेन्ट बैंक उपसमूह ०.८३ प्रतिशत, हाइड्रो पावर ०.३८ प्रतिशत, फाइनान्स ०.३६ प्रतिशत, नन् लाइफ इन्स्योरेन्स ०.८३ प्रतिशत, अन्य उपसमूह ०.६९ प्रतिशत र म्युचल फण्ड उपसमूह ०.०७ प्रतिशतले बढेका छन् भने बैंकिङ उपसमूह ०.३७ प्रतिशत, ट्रेडिङ उपसमूह ०.८१ प्रतिशत, होटल एण्ड टुरिजम ०.१३ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन उपसमूह ०.८४ प्रतिशत, माइक्रो फाइनान्स उपसमूह ०.२२ प्रतिशत र इनभेष्टमेन्ट ०.५२ प्रतिशतले घटेका छन्।

सबैभन्दा धेरै ०.८३ समान प्रतिशतले डेभलपमेन्ट बैंक र नन् लाइफ इन्स्योरेन्स उपसमूह बढे्का छन् भने म्यानुफ्याक्चर एण्ड प्रडक्शन ०.८४ अंकले सबैभन्दा धेरै घटेको छ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।