महेशसिंह महतो
२१ असार ०७६, सिरहा । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिको एक पोखरीमा डुबेर दुईजना बालिकाको ज्यान गरेको छ । यहाँ रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय नथु यादवका चार वर्षीया छोरी आशुका कुमारी यादव र अर्की छ वर्षीया छोरी लक्ष्मी कुमारी यादवको मृत्यु भएको परिवार श्रोतले जानकारी दिएको छ । खेल्नको लागि दिदिबहिनी एकै साथ घरबाट निस्केको थिए । शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
२२ असार २०७६, आइतबार
0
Shares
प्रतिक्रिया