२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


भिमसेन मन्दिर पुर्ननिर्माणका लागि एक करोड दान


२६ असार २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
२६ असार ०७६, मंगलबजार । २०७२ को भुकम्पले क्षतिग्रस्त पाटनदरवार स्क्वायरमा अवस्थित भिमसेन मन्दिरको पुर्ननिर्माणका लागि स्थानीय विके श्रेष्ठले १ करोड दान गरेको छन् । विके पाटनका स्थानीय व्यावसायी हुन् । श्रेष्ठले आफ्ना पिता गणेशलाल श्रेष्ठको सम्झनामा यो रकम दान गरेका हुन् ।
श्रेष्ठले ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, मंगलटोल सुधार समितिका अध्यक्ष तथा पुनर्निर्माण समिति उपाध्यक्ष किरणमान महर्जन मन्दिर पुनर्निर्माण समिति तथा उद्योग वाणिज्य संघका सभापति कृष्णलाल महर्जनर काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्टका प्रमुख रोहित रंजितकारलाइ संयुक्त रूपमा प्रदान गरे ।
पुर्ननिर्माण प्राधिकरणसँग भिमसेन मन्दिर स्थानीय बासीले नै बनाउने प्रतिबद्धता आएपछि कुनै दाता नखोजी स्थानीयलाई नै जिम्मा दिएको हो ।
यो मन्दिर पुनर्निर्माण गर्ने भारतले प्रतिबद्धता व्यक्त गरे पनि निर्माण लामो समयसम्म पनि काम नगरेपछि स्थानीयले नै यो मन्दिर बनाउन आँट गरेका हुन् ।
भिमसेन मन्दिरलाई पाटनका स्थानीयहरुले इष्टदेवताको रुपमा पूजा गर्छन् ।
यो मन्दिरको पुर्ननिर्माण ललितपुर उद्योग वाणिज्य संघको समन्वयमा मंगलटोल सुधार समिति, ललितपुर महानगरपालिका र पुरातत्व विभागले निर्माणमा सहयोग गरिरहेका छन् । काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट नामको संस्थाले प्रविधिक सहयोग गरिरहेको छ ।
यो मन्दिर पुर्ननिर्माण गर्न सुन लेपनबाहेक ४ करोड ९३ लाख लाग्ने अनुमान छ ।
केही समयअघि ललितपुर महानगरपालिकाले एक करोड र प्रदेश सरकारले ५० लाख दिने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  ७ : ४१ बजे