२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोठाटारको अतिक्रमित जग्गा खाली गर्न पशुपति कोषको निर्देशन




१९ माघ ०७८, काठमाडौं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८गोठाटारमा रहेको जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएको छ । कोषको त्यहाँ रहेको ५३४ रोपनी जग्गा अतिक्रमणको चपेटामा छ ।
जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि कोषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेको छ ।
’केही व्यक्तिहरुले अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेको पाइएकाले छाप्रा हटाउनेसम्बन्धी पटकपटक सूचना प्रकाशित गरिएकामा हालसम्म पनि अटेर गरी अतिक्रमण गरी बसेका व्यक्तिले छाप्रा नहटाएको पाइएकाले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आफैले भत्काइ लैजानु होला,’ सदस्यसचिव मिलनकुमार थापामार्फत जारी सूचनामा उल्लेख छ ।
अन्यथा कोष आफैले छाप्रा भत्काउने चेतावनी दिइएको छ ।
त्यहाँ रहेका टहरा २०७६ मै हटाउन खोजिएको थियो । त्यसका लागि ११ चैत २०७६ मा सार्वजनिक सूचना प्रकाशन भए पनि कोषले कदम चाल्न सकेको थिएन ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।