
१९ माघ ०७८, काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै हिँडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका–२८ भद्रकालीस्थित चेकपोइन्टबाट एक जनालाई पक्राउ गरेको हो ।
बुधबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिका–८ डोलेश्वर घर बताउने २६ वर्षीय सोनाम तामाङलाई पक्राउ गरेको हो।
उनले चेकिङमा खटिएका प्रहरी जवान लालुप्रसाद यादवलाई आफू प्रहरी सहायक निरीक्षकको परिचय दिएका थिए।
तर प्रहरी जवान यादवलाई शंका लागेर चेक गरेको थियो। उनीबाट प्रहरीले प्रहरी सहायक निरीक्षकको दर्ज्यानी समेत लगाएको पोशाक र आठ वटा पासपोर्ट साइजका फोटो समेत फेला पारेको छ।








प्रतिक्रिया