१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१२ वर्षीया बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२० माघ ०७८, मोरङ । बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  १ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।