१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


७० प्रतिशत नेपालीले लगाए कोरोना खोपको पूर्ण मात्रा, डब्लुएचओले दियो बधाई




२० माघ ०७८, काठमाडौं । नेपालमा उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बधाई दिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो । नेपालले बुधबारमात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप दिइएको जनाएको थियो ।
’७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ,’ डब्ल्यूएचओ नेपालले भनेको छ ।
नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ६ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।