१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु




१ फागुन ०७८, काठमाडौं । चितवनको राप्ती नगरपालीका–६ हर्दी चोकमा शनिबार बेलुकी दुई ओटा मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
टाँडीबाट भण्डारा तर्फ जाँदै गरेको ना ६० प ३७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका ना ९ प ९६६२ नम्बरको मोटरसाइकल शनिबार बेलुकी ७ बजे ठोकिएका थिए ।
घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारको लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर पठाइएको थियो ।
उपचारको क्रममा ९६६२ नम्बरका मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालीका–७ का ४५ बर्षीय कमल चौधरीको शनिबार राती ९ बजे मृत्यु भएको हो ।
अर्का मोटरसाइकल चालक राप्ती नगरपालीका–६ का २९ बर्षीय सन्तोष भण्डारीको अवस्था भने सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।
भण्डारीले मदिरा सेवन गरी मोटरसाइकल चलाएको खुल्न आएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।