६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालमा कोरोना संक्रमितको संख्या ११ लाखभन्दा धेरै




१ फागुन ०७८, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ११ लाख नाघेको छ ।
पछिल्लो चौबिस घण्टामा ५२१ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ११ लाख नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख ४७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पीसीआर विधिबाट ५३ लाख ४० हजार १८६ र एन्टीजेन विधिबाट १० लाख १७ हजार २४८ गरी कूल ६३ लाख ५७ हजार ४३४ जनाको कोरोना परिक्षण गरिएको छ ।
विश्वमा पहिलो पटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । नेपालमा २०६६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।