१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्र्याक्टर दुर्घटनामा फेरि एक जनाको मृत्यु



फाइल तस्बिर

३ फागुन ०७८, सप्तरी । सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेको फलाम रड लोड भएको स१त६ १०८ नंको ट्र्याक्टर अनियन्त्रित भई सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ महुकीमा दुर्घटना हुँदा घाइते सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । दुर्घटनामा सोही ठाउँका २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा घाइते भएका छन् । मण्डल ट्र्याक्टरचालक हुन् भने अन्य मजदुर हुन् ।
११ वर्षपछि गिरफ्तार
कथित बोक्सीको आरोपमा फरार रहेका सप्तरीको राजगढ गाउँपालिका २ का रामबिलास यादवलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । खोजतलासका क्रममा ११ वर्षदेखि फरार रहेका आरोपितलाई उनकै गाउँघरमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । प्रनाउ काफ्लेका अनुसार पक्राउ अभियुक्तलाई सप्तरी जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि सोमबार नै राजविराज कारागार पठाइएको छ ।
सप्तरी प्रहरीका अनुसार राजगढ गाउँपालिका–२ की सरस्वतीदेवी खंगको उजुरीमा कथित बोक्सीको आरोप लगाउने अभियुक्त यादवलाई सप्तरी जिल्ला अदालतले २०६७ माघ १८ गते तीन महिना कैद सजाय र रु १० हजार जरिवाना ठहर हुने फैसला गरेको थियो । तत्कालीन पुनरावेदन अदालत राजविराजको इजलासले विसं २०७१ मङ्सिर २९ गते सो फैसला सदर गरेको थियो । रासस

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।