१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विवाहित महिलालाई बन्धक बनाई रातभर बलात्कार



५ फागुन ०७८, बैतडी । बैतडीमा एक विवाहित महिला बलात्कृत भएकी छिन् । मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन् । महिला बलात्कृत भएपछि पीडित पक्षले बिहीबार मेलौली १ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ । आरोपित व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् ।
उनले भने, “अदालतले पक्राउ पूर्जी जारी गरेको छ, जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ, ती व्यक्तिको खोजीका साथै थप अनुसन्धानमै छौँ ।” गत माघ २४ गते मेलौली नगरपालिकाको केन्द्रमा रहेको एनसिसी बैंकबाट अपाङ्गता भएकी चार वर्षीया छोरीको बाल पोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली १ को द्वारशैनीमा बलात्कार भएको आफन्तले बताएका छन् ।
सुस्त मनस्थिति भएकी ती महिलालाई घर फर्किने क्रममा साँझ पाँच बजे एक्लै हिँडिरहेका बेला मदिरा सेवन गरेका नेगीले जबरजस्ती गोठमा लगेर बन्धक बनाई रातभर बलात्कार गरेको पीडित पक्षले बताएका छन् । पीडित महिलाको छाती, गाला र शरीरका विभिन्न भागमा घाउ छन् । पीडित महिलाका एक छोरा र एक बोल्न तथा हिँडडुल गर्न नसक्ने छोरी छन् । श्रीमान् पनि घरमै रहेका बताइएको छ । आरोपित नेगी पनि विवाहित हुन् ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।