१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ




११ फागुन ०७८, सिन्धुपाल्चोक । आफ्नै श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दाउरा चिर्ने बिषयमा विबादका कारण जिवनले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १२ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।