२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ढुङ्गेधारा चोक नजिकै तरकारी बजारमा आगलागी, ७० वटा पसल जलेर नष्ट



फाइल तस्बिर

२२ फागुन ०७८, काठमाडौं । काठमाडौं बालाजु  ढुङ्गेधारा चोक नजिकैको तरकारी बजारमा आगलागी भएको छ । गएराति सवा १२ बजे लागेको आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार ६० देखि ७० वटा स्टल रहेको एउटा टहरोमा आगो लागेको हो । आगो पाँच वटा दमकलको सहयोगमा राति १ बजेतिर नै निभ्याइएको छ ।

आगलागीको कारण खुल्न बाँकी  छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।