२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर नल्लु घटना, पाँच जनाकै निसास्सिएर मृत्यु भएको पुष्टि



२३ फागुन ०७८, ललितपुर ।  ललितपुरमा एकै परिवारका पाँच जनाको निसास्सिएर मृत्यु गएको पुष्टि भएको छ।

बेहोस भएका २२ वर्षका सुभाष तामाङको उपचारमा संलग्न ललितपुरको पाटन अस्पतालका डाक्टरले कार्बन प्वइजिङका कारण अर्थात् कोइला बालेर सुतेकाले निसासिएर मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता एवम् एसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।
डाक्टरका अनुसार मृत्यु हुने अन्य कारण खासै देखिएको छैन । गम्भीर अवस्थाका तामाङको अहिले पनि उपचार चलिरहेको छ ।

हिजो आइतवार बेलुका खाना खाएर सुतेका ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङ्तान, उनकी बुहारी शुष्मा, नाति आशिष, नातिनी आश्मा र दुई दिनको शिशुको आज सोमवार बिहान मृत्त अवस्थामा भेटिएका थिए ।

प्रहरी परिसर ललितपुरका अनुसार बिहान अबेरसम्म उनीहरू नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर उनीहरू बेहोस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।