२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कलंकीमा चार सवारीसाधन दुर्घटनाः ललितपुर टिकाथली बस्ने लिम्बुको मृत्यु



फाइल फोटो

११ चैत ०७८, काठमाडौं । काठमाडौंको कलंकीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ पौने ७ बजे कलंकीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । चार वटा सवारीसाधन दुर्घटनामा परेको उनले बताए। कलंकीबाट बल्खुतर्फ आउँदै गरेको बागमती प्रदेश÷१÷२५÷प ०४२० नम्बरको गाडी, बा ४९ प ७१८५ नम्बरको स्कुटर, बा१प ९८८ नम्बरको माइक्रो बस र ना ५ ख ७५०८ नम्बरको ट्रक दुर्घटनामा परेका हुन्।

महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार पुरानो एमाले पार्टी कार्यालयनजिकै सुरूमा गाडीले स्कुटरलाई ठक्कर दिएको थियो। गाडीले ठक्कर दिएपछि स्कुटर माइक्रो बससँग ठोक्किएको थियो। माइक्रोसँग ठोक्किएपछि स्कुटरमा सवार एक जना उछिट्टिएर ट्रकमुनि परेको प्रहरीले जनाएको छ।

स्कुटर पछाडि सवार सुनसरी धरान घर भई ललितपुरको टिकाथली बस्ने २९ वर्षीय सन्तोष लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो। उनको बल्खुको बयोधा अस्पतालमा मृत्यु भएको हो। यस्तै, स्कुटर चालक २७ वर्षीय दिनेश थापामगर घाइते छन्। उनी सोही अस्पतालमा उपचाररत छन्। उनको अवस्था सामान्य छ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।