१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


दक्षिण ललितपुरको वागमती गाँउपालिकाले जित्यो मैत्रीपूर्ण फुटसलको उपाधि



ललितपुर खबर
१२ चैत्र ०७८, काठमाडौं ।  पत्रकार महासंघ ललितपुरको ३०औं स्थापना दिवसको सन्दर्भ पारेर आयोजित पत्रकार र जनप्रतिनिधिबीचको मैत्रीपूर्ण फुटसल उपाधि दक्षिण ललितपुरको वागमती गाँउपालिकाले उचालेको छ ।
ललितपुरको बागमती गाउँपालिका र महाँकाल गाउपालिकाबीच भएको फाइनल खेल महांकाल गाउँपालिकालाई ८का विरुद्ध ४ गोलले पराजित गर्दै बागमतीले उपाधि जित्यो भने प्रतियोगितामा महांकाल गाउँपालिका उपबिजेता बन्यो ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको कुमारिपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका वागमती कोञ्ज्योसोम र महाँकाल गाँउपालिका, गोदावरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका साथै पत्रकार महासंघ ललितपुरका दुई वटा टीम सहभागी भएका थिए ।
पत्रकार महासंघ ललितपुरको ३०औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।