२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चोभारमा नेपाल बैंकको काउन्टर



१८ चैत्र ०७८, काठमाडौं । नेपाल बैंकले बैंकले काठमाण्डौको चोभार सुख्खा बन्दरगाहमा  बैंकको काउन्टर स्थापना गरी भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

भन्सार विभागका तर्फबाट महानिर्देशक कमलप्रसाद भट्टराई र नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले  भन्सार विभागमा आयोजित एक समारोहमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा भन्सार विभागको आवश्यकताअनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य सञ्चालन गर्नेछ।

उक्त अवसरमा महानिर्देशक भट्टराईले नेपालको पहिलो बैंकसँग राजस्व कारोबारको विषयमा विगत लामो समयदेखि सम्बन्ध र सहकार्य रहेको र यस सम्झौताले सहकार्यलाई थप उचाइमा पुर्याएको विचार राखे। उनले नेपाल बैंक भरपर्दो आधुनिक प्रविधिमैत्री भएकाले सम्झौता गरिएको र चोभार सुख्खा बन्दरगाहबाट छिटोछरितो रुपमा राजस्व संकलन हुने विश्वास व्यक्त गरे।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले अत्याधुनिक र नयाँ उर्जावान कर्मचारीहरुबाट सञ्चालन भएको नेपालको पहिलो  बैंक नेपाल बैंकलाई नै चोभार भन्सारको राजस्व संकलनको जिम्मेवारी प्रदान गरेकोमा भंसार विभागप्रति आभार प्रकट गरे। उनले आगामी दिनमा अन्य भन्सार कार्यालयहरुमा पनि बैंकिङ सेवा उपलब्ध गराउने अवसर प्राप्त हुने नै छ भन्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।