११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज पर्सा जाँदै




२२ चैत ०७८, काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्सा जाँदैछन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनी बिहान ११ बजे पर्सा जाने भएका हुन् ।अध्यक्ष ओलीले चुनावी अभियान तीब्र पार्न त्यहाँका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनेछन् ।

निर्वाचनमा गठबन्धनबिना एक्लै पाँच दलीय गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्ने र पहिलो पार्टी हुने ओलीले दाबी गर्दै आएका छन् ।तर, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललगायत पार्टीसँग निर्वाचनमा तालमेल गर्नेगरी अनौपचारिक रूपमा छलफल भने बढाएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।