
७ वैशाख ०७८, काठमाडौं । काठमाडौं ठमेलमा एक विदेशी नागरिकको मृत्यु भएको छ। बुधबार बिहान ठमेलको होटलबाट खसेका आयरल्यान्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ठमेलको होटल मनाङमा बसेका आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको मृत्यु भएको हो। बिहान करिब साढे २ बजे सातौं तलामा रहेको छतबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फिलिप्स त्यस होटलमा एक जना साथीसँग बसेका थिए। उनका अरू साथीहरू पनि नेपालमा आएरनआएको बुझ्ने काम भइरहेको प्रहरीले जनाएको हो।
उनीहरू अप्रिल ६ मा नेपाल आएका थिए। शवको पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ।







प्रतिक्रिया