९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुत्केरीको हेलिकोप्टरबाट उपचार गर्न काठमाडौं ल्याइयो



सङ्खुवासभाको सिलिचोङ गाउँपालिका ३ कोल्वाकी १८ बर्षीया सुत्केरी मेलिना राईलाई स्टेचरमा बोकेर हेलिप्याड सम्म लैजादैँ नेपाली सेना । सुत्केरी राई बिहीबार हेलिकोप्टर मार्फत उद्दार गरिएको हो । लेन्स : भविन कार्की

९ वैशाख ०७८, सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका ३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरेर उपचार गर्न अस्पताल लगिएकोे छ ।
सिलिचोङ ३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरि अस्पताल लगिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् । सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।
ब्यथा लागेपछि उनलाई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो । उच्च रक्तचापबाट समेत पीडित राईको त्यहाँ उपचार हुन नसकेपछि बिहीबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।