१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ दिईने




१० वैशाख ०७८,हेटौंडा । हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ । न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण शनिबार हुँदैछ । मकवानपुरमा रहेका कृयाशील पत्रकारहरुको हौसला एवंंम उत्प्रेरणाका लागि अवार्ड प्रदान गर्न लागिएको न्यु मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
यसवर्ष उत्कृष्ट पत्रकार वर्ष अवार्ड (पुरुष तथा महिला) खोज पत्रकारिता अवार्ड, चलचित्र पत्रकारिता अवार्ड, रेडियो पत्रकारिता अवार्ड, सम्पादक वर्ष अवार्ड, खेलकुद पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता अवार्ड, आर्थिक पत्रकारिता अवार्ड, उत्कृष्ट नवप्रवेशी पत्रकारिता अवार्ड (महिला र पुरुष), उत्कृष्ट अनलाइन पत्रकारिता अवार्ड, उत्कृष्ट क्रियाशील पत्रकार वर्ष अवार्ड प्रदान गरिने गौतमले बताए ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।