६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा गठबन्धनबाट समाजवादी आउट, कांग्रेस माओवादीको भागवण्डा मिल्यो



११ वैशाख ०७९, ललितपुर । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरमा सत्ता गठबन्धनबीच भागवण्डा मिलेको छ । ललितपुरमा कांग्रेस र माओवादीबीच भागवण्डा भएको छ भने समाजवादी आउट भएको छ । अर्थात् समाजवादीले कुनै पनि  सिट पाएको छैन ।

माओवादी नेता भगिरथ तिमल्सिनाका अनुसार महालक्ष्मीमा मेयर माओवादी, उपमेयर कांग्रेस, गोदावरीमा माओवादीले कुनै पनि सिट पाएको छैन भने कांग्रेसले मेयर र उपमेयर दुवै पाएको छ । काेञ्ज्याेसाेममा माओवादीलाई अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाएको छ ।  माहाँकाल गाउँपालिकामा  माओवादीलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्षको पाएको छ । वागमतीमा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।