२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अर्थतन्त्रमा समस्या आएपछि विलासी बस्तु नेपाल ल्याउन रोक



नेपाल-भारतसँगको सिमाना वीरगञ्ज–रक्सौल सिमानाकामा रहेको प्रवेशद्वार ।

१४ वैशाख ०७९, काडमाडौं । सरकारले १० किसिमका विलासी सामानहरु नेपाल ल्याउन रोक लगाएको छ ।
व्यावार घाटा नाटकीय रुपमा बढेपछि भुक्तानी सन्तुलन कायम गर्न यी बस्तुहरु आयातमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर मदिरा,चुरोट हिरा,मोवाइल सेट,रंगीन टेलिभिजन, गाडीहरु नेपाल भित्र्याउने रोक लगाइएको हो ।
नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू हुँदैन । हिजो वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू नहुने मन्त्रालयले जानकारी दिएको छ ।
यही असार मसान्त सम्म आयातमा रोक लगाइएका सामान यस्ता छन् ः
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा
३.चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)
४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)
५.मोबाइल सेट
६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)
७.जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौनाहरु
१. खेल्ने तास

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।