१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


देभरका सात विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, राति पनि उडान




मोहम्मद हबिब
१५ वैशाख ०७९, भैरहवा । आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्चालनको अनुमति दिएको हो ।
यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्चालन हुँदै आएका थिए । तर, बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टासम्म सञ्चालन हुने भएका हनु् ।
विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएको छ ।
प्राधिकरणको यो निर्णयले विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने, जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने, यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ । न्युज कारखाना

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।