६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको धारामा मेलम्चीको पानी, हेर्नुहोस् कतिबेला आउँछ ?



१६ वैशाख ०७९ ललितपुर । ललितपुरका धारामा मेलम्चीको पानी वितरण सुरू भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल ललितपुर शाखाका अनुसार खुमलटारस्थित नयाँ पानी पोखरीबाट रिङरोड भित्र मेलम्चीको पानी वितरण गर्न सुरू भएको हो।

काठमाडौ उपत्यका भित्र पुरानै पाइप र धाराबाट पानी वितरण गरिरहेको केयूकेएलले ललितपुरमा भने नयाँ पाइपलाइन र धाराबाट पानी वितरण गर्न सुरू गरेको हो।केयूकेएल ललितपुर शाखाका अनुसार पानी वितरण तालिका अनुसार हरेक दुई दिनको फरकमा ठाउँ हेरि २ देखि ४ घण्टासम्म पानी वितरण हुनेछ। केयूकेएल ललितपुरले जेठ मसान्तसम्मकै तालिका सार्वजनिक गरेको छ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।