१७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुरबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



१६ वैशाख ०७९ ललितपुर । प्रहरीले ललितपुरबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।  बर्दिया बारबर्दिया नगरपालिका-१ जमुनिया घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्दै आएका ३४ दिनेशभक्त वलीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

उनका अनुसार वलीले पीडितलाई विभिन्न बैंकको चेक काटेर दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले जाहेरी दिएका थिए।

प्रहरीले उनलाई बिहीबार ग्वार्कोबाट पक्राउ गरेको हो। गत फागुन १६ र १७ गतेको उच्च अदालत पाटनले बैंकिङ कसूरका मुद्दामा १२ दिन कैद र २४ लाख ६५ हजार ४३४ रुपैयाँ जरिवाना फैसला तोकेको थियो। उक्त फैसलापछि वली फरार थिए।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।