६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बालेन शाहविरुद्ध अभिव्यक्ति दिएपछि केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण




२२ वैशाख ०७९, काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी साहलाई ’अन्तर्राष्ट्रिय ठग’ भन्दै टिप्पणी गरेका थिए। यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।