६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


हत्या गरी विष्णुमती खोलामा शव, लेलेकी एक महिलासहित दुई जना पक्राउ



१० जेठ ०७९, काठमाडौं ।  काठमाडौंमा हत्या गरी शव खोलामा फ्याँकेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–६ फापरबारी ठूलो कायर बस्ने ४५ वर्षीय ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुरको गोदावरी नगरपालिका–६ लेले बस्ने ४० वर्षीया गायत्री नगरकोटी पक्राउ परेका छन् ।
उनीहरूमाथि सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चेका ३५ वर्षीय जीवन भन्ने कान्छा लामा तामाङको हत्या गरेको आरोप छ।

गत बिहीबार उनको शव दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बागमती किनारमा फेला परेको थियो। शव सडिसकेको अवस्थामा फेला परेको थियो।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  २ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।