१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आईसीसी पुरुष क्रिकेट विश्वकपमा नेपालको पहिलो खेल नामिबियासँग



१७ जेठ ०७९, काठमाडौं ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।
नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते हुनेछ ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग असार २९ गते खेल्नेछ भने नामिबियाविरुद्धको तेस्रो खेलमा नेपालले असार ३२ गते खेल्नेछ । त्यस्तै चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग आगामी साउन १ गते खेल्नेछ ।

लिग दुईकै सिरिजअन्र्गत नेपाली क्रिकेट टोली अहिले अमेरिका भ्रमणमा रहेको छ । अमेरिका र ओमनसँग हुने त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको हो । उक्त सिरिज यही जेठ २५ गतेदेखि असार ५ गतेसम्म चल्नेछ ।

लिग दुईको अंक तालिकामा नेपाल छैटौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म १२ खेल खेल्दा ६ खेलमा जित तथा ६ खेलमा हार व्योहोरेको छ । त्यसैगरी अंक तालिकाको शीर्ष स्थानमा ओमन रहेको छ ।

दोस्रो स्थानमा स्कटल्यान्ड रहेको छ भने तेस्रोमा संयुक्त अरब इमिरेट्स (युएई), चौथोमा अमेरिका र पाँचौ स्थानमा नामिबिया रहेको छ । पपुवा न्यूगिनी सातौ स्थानमा छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ४ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।