८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एउटा हेलिकोप्टरमा दुई पाइलट अनिवार्य



१८ जेठ ०७९, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।
एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी दिएका छन् ।
पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उनले बताए ।
अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकोप्टर र हवाईजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।