८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


असार दोस्रो सातादेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप



१९ जेठ ०७९, काठमाडौं । सरकारले असार दोस्रो सातादेखि ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेका ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा.सागर दाहालले अबको एक महिना अर्थात् असार दोस्रो सातादेखि ती उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभयो ।

खोप अभियान विद्यालय तहमै सञ्चालन गरिने तयारी सरकारको योजना छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।