
ललितपुर खबर
२० जेठ ०७९, ललितपुर । ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथको रथ पु¥याइएसँगै दर्शनार्थीको घुइचो लागेको छ ।

साइत अनुसार गतबुधबार अपरान्ह लगनखेलको इटिटोलबाट तानेर मच्छिन्द्रनाथ र मीननाथको रथ जावलाखेल पु¥याइएको थियो ।

जवलाखेल चौरमा आजकल फुलप्रसाद बेच्नेदेखि पाटीमा भजग गाउनेसम्मको भीड देखिन्छ । दिप प्रज्वलन गर्ने पनि उत्तिकै छन् ।

शनिबार दिउसो राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितीमा भोटो देखाउने कार्यक्रम छ ।

भोटो देखाउ लगत्तै मच्छिन्द्रनाथको मूर्तिलाई बुङमती लैजाने गरिन्छ । १ हप्तापछि रथ निकालिन्छ ।









प्रतिक्रिया