२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


केरुङबाट पेट्रोलियम पदार्थ ल्याउन त्रिशुलीमा पाइपलाइन बिछ्याउन प्रस्ताव




२० जेठ ०७९, काठमाडौं । एमालेका सांसद शेरबहादुर तामाङले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशुली नदीमा पाइललाइन बिछ्याउन प्रस्ताव गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशुली नदीमा पाइपलाइन बिछ्याउन आग्रह गरेका हुन् ।
‘तेल केरुङबाट ल्याउने विषयमा अध्ययन भएको छ ? केरुङमाथि छ, तल त्रिशुली नदी छ । पाइपलाइन ओछ्याउँ, रेलबाट केरुङसम्म आएको तेल ल्याउँ । त्रिशुलीमा भण्डारण बनाउँ,’ भन्दै उनले भने, ‘नेपालको परलमूल्यका ५० प्रतिशत घटाउन सकिन्छ । अहिलेको ५÷१० मूल्य घटाएर र बढाएर समाधान दिँदैन । दीर्घकालीन समाधान खाजौँ ।’
पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ बढाउँदा प्रतिनागरिकको ३ सय रुपैयाँसम्म खर्च बढ्ने भन्दै उनले अहिले हजारौँ रुपैयाँ खर्च बढेसँगै जनजीविका कष्टकर बनेको बताए ।
उक्त प्रस्तावमाथि बोलेका सबै सांसदले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले नसकेको आरोप लगाएका छन् । मूल्यवृद्धिका कारण जनता मारमा परेको उनीहरूले बताए । न्युज कारखाना

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।