११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको लोकञ्थलीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु



दुर्घटनापछि लत्पलिएको रगत । ललितपुर खबर

२३ जेठ ०७९, भक्तपुर । मध्यपुरथिमि नगरपालिका १ लोकन्थली चोकमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२५ प १६२० नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००४ क ०५८० नं को दूधको ट्याङ्करले आज ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
ट्याङ्करको ठक्करबाट गम्भीर घाइते स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ५ बस्ने ४५ वर्षीय नकुल थापाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
दुर्घटनामा संलग्न सवारी साधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका २ ब्याँसी बस्ने ३५ वर्षीय राजन ब्याञ्जुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।