२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बजारमा पेट्रोलियम पदार्थको अभाव




३० जेष्ठ ०७९, सुर्खेत । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन् । हातहातमा क्यानी,बोत्तल लिएर पेट्रोल पम्पमा जानेको भिड बढेको छ ।
भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले ईन्धन बोकेको नेपाल आउने ट्याङकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ।
सोमबार वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झन थालेपछि तेल हाल्न सवारी साधनको भिड लागेको छ। प्रहरीले सोमवार दिउँसोबाट भिड नियन्त्रण हम्मे÷हम्मे परेको छ। तेल हाल्नेको भिड्का कारण सुर्खेत नेपालगंज सडक खण्डको खजुरामा केही समय सडक अवरुद्ध भएको थियो। मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुने नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ।
हाहाकार भएको ३ दिनपछि सोमबार वीरेन्द्रनगरका ५ वटा पम्पमा ४ हजार लिटरको पेट्रोल झरेको हो । दिपमाला, बुलबुले, नारायण, गंगामाला र शंकर पेट्रोल पम्पमा पेट्रोल झरेको थियो । भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले कोर्डमा समस्यामा आउँदा नेपाल आउने ईन्धन बोकेका गाडी नाकामै रोकिदाँ तेल अभाव भएको नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले बताए ।
‘भारतिय नाकामा सुर्खेत आउने ५ लाख लिटर पेट्रोल र १२ लाख लिटर डिजेल रोकिएको छ।’ नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले भने । उनका अनुसनर मंगलबारदेखि धनगढीबाट ल्याएर भएपनि वितरणमा सहज हुनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।