७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बिहे गर्छु भन्दै बलात्कार गरी एक लाख, सुनका गरगहना लुटेर फरार युवक काठमाडाैंबाट पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

७ असार ०७९, काठमाडौं । प्रहरीले बिहे गर्ने प्रलोभनमा युवतीलाई बलात्कार गरी उनको साथबाट एक लाख र सुनका गरगहना लुटपाट गरी फरार भएका आशिष भन्ने विश्व तामाङलाई पक्राउ गरेको छ ।
गत २९ जेठ राति काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसमा तामाङले २४ वर्षीया युवतीलाई पेय पदार्थमा नशालु पदार्थ मिसाई खुवाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जबर्जस्ती करणी गरी आफ्नो साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइलसमेत लुटी फरार भएको भन्दै युवतीले २ असारमा प्रहरी बृत्त कालीमाटीमा निवेदन दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले तामाङलाई ५ असार राति ११ बजे पक्राउ गरेको हो । हाल उनलाई प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।
प्रहरीले पीडित महिलालाई प्रसुती गृह अस्पतालमा लगी स्वास्थ्य र शारीरिक परीक्षण गराई अनुसन्धान सुरु गरेको जनाएको छ ।
काभ्रेको तिमाल गाउँपालीका–९ घर भई तामाङ हाल बनेपामा डेरा गरी बस्दै आएका थिए । तामाङविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जनाएको छ ।
न्युज कारखाना

 

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।