२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देशभरकाे माैसम बदली, केहि स्थानमा भारी बर्षा हुने


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

काठमाडौं । आज (शुक्रबार) विहानैदेखि देशभरको मौसममा बदली आएको छ । काठमाडौं उपत्यकासहित मध्य र पश्चिमका केही ठाउँमा विहानैदेखि पानी परिरहेको छ ।

मनसुनी न्यूनचापीय रेखा औसतभन्दा तल रहे पनि सक्रिय भएकाले पानी परिरहेको मौसमविदले बताएका छन् ।

भारतको ओडिशा र पश्चिम बंगाल आसपासमा न्यूनचापीय रेखा बनेकाले केही ठाउँमा सामान्य र केही ठाउँमा मध्यमदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिएकी छन् । पानी पर्ने क्रम केहीबेरमा रोकिने र दिउँसो घाम लाग्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।

शुक्रबार राति पनि देशभर नै आशिंकदेखि सामान्य बद्ली हुने र चट्याङसहित पानी पर्ने सम्भावना छ । बिहीबार बेलुकादेखि बेलुकादेखि सोमबार बिहानसम्म काठमाडौं उपत्यकामा १३ दशमलव ५ मिलिमिटर पानी परेको छ ।

शनिबारको मौसम पनि यस्तै रहने अनुमान गरिएको मौसमविद् पोख्रेलले बताएकी छन् । वर्षा भइरहेकाले पहाडमा पहिरो र नदीमा पानीको बहाब बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।