६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बारले निकाल्यो विज्ञप्ति



८ असार ०७९, काठमाडौं ।  नेपाल बार एसोसिएसनले न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

बारका महासचिव अन्जिता खनालले बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोख्रेल बीचमा इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो सार्वजनिक प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिकाका लागि बार निरन्तर एशोसिएशन क्रियाशील रहेको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको निम्ति यस एशोसिएसनले सदैव पहरेदारी गरि आएको सन्दर्भमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र प्रसाद पोख्रेल बीचमा ई।इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो प्रसारित अडियो समाचारका सम्बन्धमा यस नेपाल बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरुबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्य हुनु निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।