७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


केएमसी स्कुल तनावग्रस्त



१९ असार ०७९, काठमाडौ । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत कर्मचारी मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काभ्रे तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा शनिबार राति पौने ८ बजे झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

कर्मचारीको मृत्युको विषयलाई लिएर केएमसी स्कुलमा तनाव भएको छ। आक्रोशित समूहले स्कुलमा तोडफोड गरेका छन्। ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा समेत क्षति पुगेको छ। स्थिति नियन्त्रणमा लिन उल्लेख्या संख्यामा प्रहरी खटाइएको छ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।