५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुन पाँच महिनायताकै सस्ताे



२३ असार ०७९, काठमाडौं ।  सुनको मूल्य निरन्तर दोश्रो दिन सस्तिएको छ । बिहीबार सुन तोलामा एक हजार ४०० रुपैयाँले घटेको छ । चाँदी भने असार २३ गते, महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ ।

बुधबार पनि सुनको मूल्य तालामै एक हजार ६०० रुपैयाँले गिरावट भएको थियो । हिजो सुन प्रतितोला ९६ हजार रुपैयाँमा किनबेच भएको थियो । यसरी दुई दिनमा सुनकाे भाउ ताेलामा तीन हजार रूपैयाँले गिरावट भएकाे छ ।

बिहीबार चाँदीको भाउ भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढ्दा प्रतितोला एक हजार १८५ रुपैयाँ पुगेको छ ।

यद्यपी अघिल्लो कारोबार दिन, चाँदी तोलामा ३० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २७५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।